हिन्दूराष्ट्र र राजसंस्था पुःस्थापनाको माग गर्दै राप्रपाद्वारा प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दूराष्ट्र र राजसंस्था पुनस्र्थापनाका लागि भन्दै काठमाडौंंमा बृहत प्रदर्शन गरेको छ । काठमाडौँको भृकुटीमण्डपबाट सुरू भएको र्याली रत्नपार्क पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले मुलुकलाई स्थीरता र विकासतर्फ लान हिन्दूराष्ट्र र राजसंस्थाको विकल्प नभएको बताएका थिए ।

प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले नेपालको राजनीति इतिहासमै संकटपूर्ण घडीबाट गुज्रिरहेको बताए । उनले कहिले उत्तरबाट र कहिले दक्षिणबाट नेपालमा स्वाभिमान र सार्वभौमिकतामाथि प्रहार गर्ने भइरहेको आरोप पनि लगाए । अध्यक्ष थापाले प्रतिनिधिसभा विघटनले संवैधानिक जटिलता ल्याएको बताए ।

नेपालको अस्तित्व कायम राख्नका लागि हिन्दूराष्ट्र कायम र राजसंस्थासहितको लोकतन्त्र नै उचित हुने उनले बताए । त्यस्तै राप्रपाका अर्का अध्यक्ष पशुपति शम्सेर राणाले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संविधान विपरीतको काम गरेको बताए । त्यस्तै उनले हिन्दूराष्ट्र र राजसंस्था पुनस्र्थापना नगरेसम्म मुलुक अघि नबढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *