पार्टी विभाजन रोक्ने कुनै रसायन छ भने प्रयोग गर्न वामदेव गौतमलाई दीनानाथ शर्माको आग्रह

काठमाडौं । नेकपाका नेता दीनानाथ शर्माले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पार्टीलाई विभाजनबाट रोक्न आग्रह गरेका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा शर्माले पार्टी विभाजन रोक्ने रसायन छ भने त्यसको प्रयोग गर्न आग्रह गरेका हुन् ।

उनले पार्टी विभाजनलाई आफूहरुले मात्र नभई जनतालेसमेत नरुचाएको भन्दै पार्टीलाई विभाजनबाट रोक्न आग्रह पनि गरे । उनले पार्टी विभाजनको संघारमा पुग्दा आफ्नो मुटु चिरिएको र राष्ट्रियसभाका पार्टीका सदस्यहरुको अनुभूति पनि त्यस्तै रहेको बताए ।

उनले भने, ‘पार्टी एकताबाट जनता खुसी थिए । त्यसको अभिव्यक्ति जनताले निर्वाचनमा गरेका थिए । पार्टी विभाजनको संघारमा पुग्दा मुटु चिरिएको अनुभूति गरेको छु ।” उनले कसैले पनि यतिबेला नेकपा विभाजन नहोस भन्ने नचाहेको पनि बताए । उनले पार्टी विभाजन सिद्धान्त र दर्शनका आधारमा नभएको पनि बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *