दक्षिण अल्जेरियामा भएको सवारी दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु हुनुको साथै अन्य ११ जना भने घाइते भएका छन् ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटनामा मृत्यु हुनेमा अफ्रिकाली देशहरुका १९ विदेशी रहेका छन् । दुर्घटना भएको बसमा एक अल्जेरियाली चालक र तीस विदेश नागरिक सवार रहेका जनाइएको छ ।
