प्रदेश दुईका नेकपा संसदीय दलका नेता मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

जनकपुरधाम । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रदेश दुईका संसदीय दलका नेता सत्यनारायण मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ । प्रतिनिधिसभा विघटनपछि दुई भागमा विभाजित भएको नेकपामा अहिले एक पक्षले अर्को पक्षका नेताविरूद्ध कारबाही र पदमुक्त गर्ने होडबाजी नै चलेको छ ।

सोही क्रममा प्रदेश दुईका ओली समूहका नेकपाका संसदीय दलको नेता मण्डलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । संसदीय दलको नेतालाई हटाउन प्रदेश २ का उपनेता रामकुमार यादव समक्ष अविश्वासको प्रस्ताव दर्ता गराइएको प्रदेशसभा सदस्य शत्रुध्न महतोले जानकारी दिएका छन् ।

नेकपाका ३२ प्रदेशसभा सदस्यमध्ये १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । मण्डललाई केही दिन अघि मात्रै ओली समूहले प्रदेश २ को इन्चार्जको जिम्मेवार दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *