प्रचण्ड र गौतमबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न गौतम बिहान खुमलटार पुगेका थिए । गौतम अध्यक्ष प्रचण्डसँग एकघण्टा भन्दा बढी छलफल गरि फर्केका छन् ।

भेटमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र त्यसपछि उत्पन्न परिस्थितिबारे छलफल भएको बताइएको छ । नेकपा विभाजनपछि गौतम कुनै समूहका कार्यक्रममा गएका छैनन् । उनले पार्टी विभाजन रोक्न प्रयास गर्ने बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *