राष्ट्रियसभाको बैठक आज,नेताहरुबीच जुहारी चल्ने

  • 1
    Share

काठमाडौं । सरकारले प्रतिनिधिसभा संसद् विघटन गरेसँगै आजबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु हुने भएको छ । आजबाट शुरु हुने हिउँदे अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
प्रतिनिधिसभा विघटन गरेपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आज ४ बजेका लागि आह्वान गरेकी थिईन ।
बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पहिलो बैठकमा संसदीय दलका नेताहरुले सम्बोधन गर्ने सहमति जुटाएको हो । बैठकमा अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पनि पेस हुनेछ । यो अधिवेशनमा केही अध्यादेश, समिति गठनसम्बन्धी आदेश, संवैधानिक आयोगहरुको प्रतिवेदन र राष्ट्रियसभाका विषयगत समितिका प्रतिवेदन पेस हुनेछ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद्को सातौं अधिवेशन धेरै लामो समय नलम्बिने बताएका छन । उनले प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा राष्ट्रिय सभाले मात्र विधेयक निर्माण गर्नुको अर्थ नरहने बताए ।
संसद् बैठक सञ्चालन हुनका लागि सरकारले बिजनेस दिनुपर्ने बताउँदै अध्यक्ष तिमिल्सिनाले बैठकमा शून्य समय, विशेष समयमा उठाउने कुराहरु रहने बताए । उनले कोभिड–१९ प्रोटोकललाई ध्यानमा राख्दै संसद् अधिवेशन चल्ने पनि बताए । बैठकमा प्रवेश गर्नुअघि सांसदहरुको पीसीआर परीक्षणलगायतको काम संसद् सचिवालयले सम्पन्न गरिसकेको छ ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *