संघीय प्रणाली ध्वस्त हुने खतरा उत्पन्न भएपछि संसद विघटनः उर्जामन्त्री रायमाझी

काठमाडौं । उर्जामन्त्री टोपबहादुर रायमाझीले संघीय प्रणाली नै ध्वस्त हुने खतरा उत्पन्न भएपछि संघीय प्रणाली बचाउन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको जिकिर गरेका छन् ।

बिहीबार नेपाल कम्युनिष्ट पार्टी नेकपाको काठमाडौ क्षेत्र नम्बर ४ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले आफ्नै पार्टीका सांसद तथा नेताहरुले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाल्ने र त्यसपछि विपक्षीले पनि सरकार बनाउन साथ नदिने अवस्था देखिएपछि संसद विघटन गर्नुपरेको जिकिर गरे ।

उनले सरकार लावारिस जस्तो हुने र यसले संघीय व्यवस्थालाई चुनौती दिने भएपछि संघीय प्रणाली बचाउनका लागि प्रधानमन्त्रीले बाध्य भएर संसद विघटन गरेर आम निर्वाचन घोषणा गरेको बताए।

उनले माओवादी जनयुद्ध लडेर त्याग, तपस्या र योगदान गरेकाहरु विस्थापित भइसकेको र अवसरवादीहरुको झुण्ड पुष्पकमल दाहाल प्रचण्डको समुहमा रहेको भन्दै माधवकुमार नेपालले पनि माओवादी जनयुद्धको लिगेसी लिन थालेको बताए । प्रधानमन्त्री ओली पक्षधरले नेकपामा फुट हुने निश्चित देखेपछि आफ्नो पक्षका नेता तथा कार्यकर्ताहरुलाई एकीकृत गर्न देशभर अगुवा कार्यकर्ता भेला गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *