प्रदेश एकको नेकपाको संसदीय दलको नेतामा आचार्य चयन, राई हटाइए

  • 2
    Shares

विराटनगर । नेकपाको प्रचण्ड-नेपाल समूहले प्रदेश एकको संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर भीम आचार्यलाई दलको नेता चयन गरेको छ ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड-नेपाल समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *