बराबरीमा रोकियो रियल म्याड्रिड

प्रज्जवल थापा । रियल म्याड्रिडको ६ खेलको विजयी यात्रामा पुर्णविराम लागेको छ । बुधबार राति भएको खेलमा इल्चेसँग १-१ को बराबरीमा रोकिएसँगै म्याड्रिडको विजयी यात्रामा पुर्णविराम लागेको हो ।

इल्चेको घरेलु मैदानमा भएको खेलमा शुरुवाती अग्रता भने म्याड्रिडले लिएको थियो । खेलको २० औँ मिनेटमा लुका मोड्रिचले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाएका थिए । ५२ औँ मिनेटमा फिडेल चाभेसले पेनाल्टीमा गोल गर्दै इल्चेलाई बराबरीमा ल्याए । म्याड्रिडका डिफेन्डर कार्भाहालले विपक्षी खेलाडीलाई डि-बकस भित्र लडाएपछि इल्चेले पेनाल्टी पाएको थियो ।

बराबरीका बाबजुद रियल म्याड्रिड १६ खेलमा ३३ अङ्क जोड्दै दोस्रो स्थानमा यथावत छ । जुन शिर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडको भन्दा २ अङ्क कम हो । एथ्लेटिको रियल भन्दा दुई खेल कम खेलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *