ब्लांइन्ड डेटिंगले चर्को बिलमा फसायो

  • 1
    Share

बेइजिंङ । पूर्वी चीनको झेजियाँग प्रान्तको निंग्वो निवासी एकजना २६ वर्षीया युवतीले एकजना पुरुषसंग ब्लाइन्ड डेटिंग गर्दा खानाको व्यर्थै ठूलो विल चुकाउनु परेको छ । यति मात्र होइन उनले बिना अनुमति आफ्नो सवेदनशिल अंगमा पनि स्पर्श गराउनु परेको छ ।
आफुसंग डेटिंग गर्ने लिन नामक पुरुष बीचैमा भागेपछि याँग नामकी ती युवतीले बेकारमा खानाको ३ हजार ६४ अमेरिकी डलर विल तिर्नुपरेको छ । तिनीहरुको अनलाइनमा भेट भएको थियो । एउटा सेकेन्ड ह्यान्ड कार बिक्री गर्ने पसलमा काम गर्ने लिनले आफु निकै धनाढ्य भएको धाक दिएका थिए ।
याँगले महँगो खाना र पेय पदार्थ अर्डर गरेको देखेपछि आफुलाई फसाउन लागेको शंकामा शौचायल जाने बहाना बनाई भागेका थिए । स्थानीय एउटा हटपट रेस्टुरेन्टमा तिनीहरुको डेटिंग भएको थियो । याँगले ६ हजार ८ सय ३२ युआनको खाना र १२ हजार युआन पर्ने लाफाइट वाइन अर्डर गरेकी थिइन् ।
पेट दुख्यो भन्दै शौचालय जानु अघि लिनले अचानक याँगको स्तन समाएका थिए । तर आधा घन्टा भन्दा लामो समय सम्म कुर्दा पनि लिन नफर्र्केपछि याँगले नखोलेको वाइन फर्काए पनि खानाको विल भने तिर्नुपरेको थियो ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *