अष्टलक्ष्मी शाक्य प्रचण्ड-नेपाल समूहको वाग्मती प्रदेशको संसदीय दलको नेता चयन

  • 5
    Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–नेपाल समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको प्रचण्ड–नेपाल समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।

यसअघि यो समूहले वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई प्रस्ताव गरेको थियो ।


  • 5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *