ब्रोमविचमाथि लिड्सको फराकिलो जित

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा लिड्स युनाइटेडले फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिड्सले वेस्ट ब्रोमविचलाई ५-० गोलले पराजित गरेको हो ।

ब्रोमविचको घरेलु मैदानमा भएको खेलमा लिड्सलाई जित दिलाउन इग्जान एलोस्की, ज्याक हारिसोन, रोड्रिगो र राफिनाले एक-एक गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको नवौं मिनेटमा रोमाने सायेर्सले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि लिड्सले खेलमा अग्रता लिएको थियो ।

३१ औँ मिनेटमा एग्जान एलोस्कीले गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाए । ३६ औँ मिनेटमा प्याट्रिक बामफोर्डको पासमा ज्याक हेरिसोनले गोल गरेपछि लिड्स फराकिलो जिततर्फ अगाडी बढेको थियो । ४० औँ मिनेटमा क्लिचको पासमा रोड्रिगोले गोल गर्दै पाहुना टोलीलाई ४-० गोलको अग्रता दिलाए ।

७२ औँ मिनेटमा स्टुआर्ट डाल्लसको पासमा राफिन्हाले गोल गर्दा पाहुना टोलीले ५-० गोलको अग्रता लिएको थियो । ब्रोमविचले लिड्सको पोस्टमा गतिलो प्रहार गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । जितसँगै लिड्स १६ खेलमा २३ अङ्क जोड्दै लिगको ११ औँ स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *