युनाइटेडको संघर्षपूर्ण जित

प्रज्जवल थापा । इङलिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले संघर्षपूर्ण जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले वोल्भसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड जितको लागि मार्कुस रासफोर्डले गरेको गोल निर्णायक बन्यो । दोस्रो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा ब्रुनो फेर्नान्डेजको पासमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई जित दिलाए ।

जितसँगै युनाइटेड १५ खेलमा ३० अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित वोल्भस १६ खेलमा २१ अङ्क जोड्दै १२ औँ स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *