प्रज्ज्वल थापा । इङलिस प्रिमियर लिगको शिर्ष स्थानका दुई क्लब बिच भएको भिडन्तमा लिभरपुल विजयी भएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले टोटेन्हामलाई २-१ गोलले पराजित गरेको हो ।

एन्फिल्डमा भएको खेलको २६ औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडी बढाएका थिए । ३३ औँ मिनेटमा लो सेल्सोको पासमा ह्युङ मीन सनले गोल गर्दै टोटेन्हामलाइ बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफको अन्तिम समयमा रोबर्टसनको पासमा रोबेर्टो फोर्मिन्होले गोल गर्दै लिभरपुललाई २-१ गोलको जित दिलाए । जितसँगै टोटेन्हामलाई पछि पार्दै लिभरपुल शिर्ष स्थानमा उक्लिएको छ । हाल लिभरपुलले १३ खेलमा २८ अङ्क जोडेको छ भने ३ अङ्कले पछि टोटेन्हाम दोस्रो स्थानमा छ ।

