लन्डन । विश्वका विकासशिल देशहरुका लागि आशाको किरण बनेको अक्सफोर्ड युनिभर्सिटी र औषधी कम्पनी एस्ट्राजेनेकाको कोरोना भाइरस खोपलाई स्वतन्त्र शोधकर्ताहरुले समीक्षाका क्रममा पूर्ण सुरक्षित भएको सिफारिस गरेका छन् ।
अक्सफोर्डको कोरोना खोपको अन्तिम चरणको परीक्षण परिणाम स्वतन्त्र समीक्षाका लागि प्रतिष्ठित मेडिकल पत्रिका लासेन्टमा छापिएको हो । उक्त शोधमा उक्त कोरोना भाइरस विरुद्धको खोप महामारी रोक्नमा औषत ७० प्रतिशत प्रभावकारी प्रमाणित भएको परीक्षणले देखाएको उल्लेख गरिएको छ ।
परीक्षणमा कोरोना खोपको दुई पूर्ण डोज दिँदा ६२ प्रतिशत प्रभावकारी देखिएको र पहिला आधा र फेरी पुरा डोज दिँदा करिब ९० प्रतिशत प्रभावकारिता देखिएको लासेन्टमा प्रकासित शोधमा दावी गरिएको छ ।
अक्सफोर्डका खोप विशेषज्ञा तथा कोरोना खोप परियोजना अगाडी बढाएने प्रोफेसर सारा गिल्बर्टले मंगलबार एक पत्रकार सम्मेलनमा भनेकी थिइन्, बेलायतका लागि यो अत्यन्तै राम्रो दिन हो र यो बर्ष २०२० कै सम्भवत सबैभन्दा राम्रो दिन हो ।
अक्सफोर्डको कारोना खोप सुरक्षित र प्रभावकारी
