मुलुकको विकासका लागि स्पष्ट भिजन र कार्यदिशा हुनुपर्छः माधव नेपाल


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले मुलुकमा सोचेजस्तो विकास हुन नसक्नुको कारण पहिल्याउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता नेपालले नेपालमा विकासका धेरै प्रयास भएपनि सोचेजस्तो प्रगति हुन नसकेको भन्दै कारण पहिल्याउनुपर्ने बताएका हुन् । उनले मुलुकको विकासका लागि स्पष्ट भिजन र कार्यदिशा हुनुपर्ने बताए ।

नेता नेपालले यथार्थपरक र बस्तुवादी अभ्यासलाई अवलम्बन गर्दै अघि बढ्नुपर्ने बेला आएको बताए । अझै पनि नेपाली समाजमा सामाजिक भेदभाव र गरिवी कायमै रहेको भन्दै नेता नेपालले सामाजिक सांस्कृति, शैक्षिक र आर्थिक रुपमा पछि परेका समुदायलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए ।

उद्यमी बन्न चाहने युवाका लागि वाग्मती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेसनले संयुक्त रूपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान गर्ने कार्यक्रमको सुरुवात गरेको हो ।

युवाहरूको ज्ञान, सीप र क्षमतालाई नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने र उत्कृष्ट आइडिया पठाउने युवालाई उद्यमशीलतासम्बन्धी निःशुल्क तालिम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंकमार्फत युवा उद्यमीका लागि सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि प्रस्ताव आह्वान गरिएको आयोजकले जनाएको छ ।


One thought on “मुलुकको विकासका लागि स्पष्ट भिजन र कार्यदिशा हुनुपर्छः माधव नेपाल

  1. तपाईकाे पालामा एमालेकाे लिङ्ग पहिचान खाेज्ने प्रचण्डलाई अहिले अलि सजिलाे भयाे हाेला देखाई दिनाेस है ! अहिले हिम चिम बढेकाे बेला ! फेरि तपाईकाे पहिचान पुलिङ्गि नहाेस दुख पाउनु हाेला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *