कित्ताकाट खोल्ने सरकारको निर्णय गैरकानुनी भएको सर्वोच्चको ठहर

काठमाडौं । सर्वाेच्च अदालतले कित्ताकाट खोल्ने सरकारको निर्णय गैरकानुनी भएको ठहर गरेको छ । अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा र न्यायाधीश मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो ।

यसअघि न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले गत असोज ८ गते भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न आदेश दिएको थियो । सर्वाेच्चको यो फैसलापछि तत्काल कित्ताकाट नखुल्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *