बैंकिङ कसुर मुद्दामा १४ लाख जरिवाना ठहर भएका अधिकारी पक्राउ

काठमाडौँ । प्रहरीले बैंकिङ कसुर मुद्दामा रु १४ लाख जरिवाना ठहर भई फरार रहेका एक जनालाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत महाशिला गाउँपालिका–५ घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ काँडाघारी बस्ने ४० वर्षीय तुलप्रसाद अधिकारी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

वादी नेपाल सरकार प्रतिवादी अधिकारी भएको बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालत, बबरमहलको फैसलाले दुई दिन कैद र जरिवाना १४ लाख ठहर भई फरार रहेकाले निजलाई आज मनोहराबाट पक्राउ गरिएको प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

अधिकारीलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालत बबरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *