शेयर कर्जानीति परिर्वतन नगर्न अर्थमन्त्रीको आग्रह

काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको शेयर धितो कर्जाको नीति ‘पुनरावलोकन’प्रति चासो दिएका छन ।
अर्थमन्त्री पौडेलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरी शेयर धितो कर्जाको नीति परिवर्तन र यसले दीर्घकालमा पार्न सक्ने असरलाई ध्यानमा राखेर मात्र नीति पुनरावलोकन गर्न निर्देशन दिएका हुन ।
राष्ट्र बैंकले गत बिहीबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो तीन महिनाको समीक्षा गर्दै शेयर धितो कर्जामा कडाइ गर्ने संकेत गरेपछि आइतबार १२३ अकंले नेप्से परिसुचक घटेको थियो ।
अर्थमन्त्री पौडेलले गभर्नर अधिकारीलाई नीति तत्काल परिवर्तन नर्गन आग्रह गरेपछि सोमबार नेप्से ७२दशमलव २८ अंकले बढेको थियो ।
अर्थमन्त्री पौडेलले सरकारले निजीक्षेत्रलाई हातेमालो गरेर अगाडि बढ्न लागेको अवस्थामा नीजि क्षेत्रको हित बिपरित नीति नल्याउन पनि गभर्नर अधिकारीलाई निर्देशन नै दिएका हुन ।
अर्थमन्त्री पौडेलले अर्थमन्त्रालयको जिम्मेबारी सम्मालेपछि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै आएका हुन । शेयर बजारप्रति पनि अर्थमन्त्री पौडेल पहिलेदेखि नै लचिलो रुपमा प्रस्तुत हुदैं आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *