USAID

सामाजिक सुरक्षा भत्ता दिने निर्णयको गेसोद्वारा स्वागत


काठमाडौं । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले गोरखा भूतपूर्व सैनिक परिवारलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था अध्यादेशमार्फत गरिएको भन्दै स्वागत गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गेसोले सामाजिक सुरक्षा ऐन संशोधन अध्यादेशमार्फत यसअघिको विभेदपूर्ण निर्णय संशोधन भएको भन्दै अध्यादेशको स्वागत गरेको हो ।

यसअघिको सामाजिक सुरक्षा ऐन २०७५ को दफा १५ को खण्ड (ग) मा गरिएको व्यवस्थाअनुसार नियमितरुपमा अन्य कुनै सुविधा पाइरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था गरिएको थियो ।

तर सरकारले हालै अध्यादेशमार्फत ल्याएको संशोधनले भूतपूर्व सैनिक र उनीहरुका परिवारले यसै बर्षभित्रै सामाजिक सुरक्षा भत्ता पाउने गरि व्यवस्था गरिएको गेसोका संयोजक कृष्ण कुमार राईले जानकारी दिए ।

उनले यसअघिको व्यवस्थाका कारण आफूहरु नेपालभित्रै गैरनागरिकको महशुस गरेको भन्दै अहिलेको निर्णयले आफूहरुले न्याय पाएको महशुस भएको बताए । यसअघि गेसोले सरकारको निर्णय विभेदकारी भएको भन्दै अविलम्ब फिर्ता लिई आफूहरुको सामाजिक सुरक्षाको हकको ग्यारेण्टी गर्नुपर्ने माग सहित सरोकारवाला निकायसँग छलफल गरेको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *