USAID

हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि


सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो ।
उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट टेसिङका क्रममा स्वाव सङ्कलन गरी १२ जना सुरक्षाकर्मीको पिसीआर परीक्षण गरिएको थियो ।

मङ्सिर १९ गते स्वाव सङ्कलन गरी पिसीआर परीक्षणका लागि सुर्खेत पठाइएको मध्ये ११ जनामा कोरोना देखिएको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिइन । यो सँगै हुम्लामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७८ पुगेको छ । अहिले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ रहेको छ भने ६७ जना निको भइसकेका छन् ।

कोरोनामुक्त घोषणा गरिएको हुम्लामा केही दिन अगाडि मात्रै सदरमुकाम सिमकोटदेखि उत्तरतिर पर्ने नाम्खा गाउँपालिकाको केन्द्र यालवाङमा ५६ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा सञ्चालन गरिएका विद्यालहरु पुनः बन्द गरिएको छ ।
स्थानीय तहले विद्यालय पुनः सञ्चालन गर्ने तयारी गरिरहेका बेला सदरमुकाम सिमकोटमा सङ्क्रमणको जोखिम बढेकाले विद्यालय सञ्चालनमा अन्योल छाएको छ ।

आइतबार सङ्क्रमण पुष्टि भएका ११ जना सिमकोट विमानस्थलमा रहेको सुरक्षा गार्ड क्वार्टरको होमआइसोलेसनमा बसेको जिल्ला अस्पताल हुम्लाका वरिष्ठ अनमी सरिता बोहराले बताईन।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *