USAID

कान्दाहारमा सेनाले गरेको कारबाहीमा १८ तालिबान लडाकूको मृत्यु

  • 1
    Share

अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबान लडाकू मारिएका सेनाले जनाएको छ । कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ ।

शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी रहेको अफगान रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले कारबाहीका क्रममा ठूलो मात्रामा हातहतियार र बारुदी सुरुङ समेत बरामद गरिएको बताएको छ । तालिबान विद्रोहीहरुले उक्त घटनाका बारेमा केही बताउन चाहेका छैनन् ।


  • 1
    Share
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *