माउन्ट केटू हिमाल आरोहणका लागि जान लागेका तीन आरोहीलाई संचारमन्त्रीद्वारा विदाई

काठमाडौं । पाकिस्तानस्थित विश्वको दोस्रो अग्लो माउन्ट केटू हिमाल आरोहण गर्न जाने तीन पर्वतारोहीलाई विदाई गरिएको छ ।

शनिबार सूचना प्रविधि तथा संचारमन्त्री पार्वत गुरुङले हिउँद याममा माउन्ट केटू हिमाल आरोहणका लागि जान लागेका दोलखा गौरीशंकर गाउँपालिकाका हिम आरोहीहरु मिङ्मा ग्याल्जेन शेर्पा, दावा तेन्जीङ शेर्पा र किली पेम्वा शेर्पालाई राष्ट्रिय झण्डाका साथ बिदाई गरेका हुन् । मन्त्री गुरुङले उनीहरुको हिमाल आरोहणको पूर्ण सफलताको कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *