नेकपाको सचिवालय बैठक आज बस्दै, होलान् त प्रधानमन्त्री बैठकमा उपस्थित ?

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजेका लागि बैठक बोलाइएको छ । बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली उपस्थित नभएपछि बैठक आजका लागि तय भएको थियो ।

पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री ओलीसमेतको उपस्थितिमा छलफल गर्नु आवश्यक भएको निष्कर्ष निकाल्दै बुधबारको बैठक स्थगित गरिएको थियो ।

आजको बैठकमा पनि प्रधानमन्त्री ओली उपस्थित हुने/नहुने निश्चित नभएको बताइएको छ । बुधबारको सचिवालय बैठकले १८ गतेका लागि तोकिएको स्थायी कमिटी बैठक पनि २१ गते गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *