USAID

टर्कीमा सन् २०१६ मा भएको असफल सैनिक ‘कू’ आवद्व ७६ जना पक्राउ


टर्कीमा सन् २०१६ मा प्रयास गरिएको असफल सैनिक कूमा आवद्व रहेको आशंकामा कम्तीमा ७६ जनालाई पक्राउ गरिएको छ । प्रहरीले देशभर गरेको सुरक्षा कारबाहीको क्रममा ती व्यक्तिहरु पक्राउ परेका स्थानीय सञ्चार मध्यामले जानकारी दिएका छन् ।

टर्कीको पश्चिमी प्रान्तमा इज्मिरका अभियोक्ताको आदेशको आधारमा आतङ्क विरुद्ध र गुप्तचर निकायका अधिकारीहरुको सहयोगमा ६६ जना पक्राउ परेका राज्यद्वारा सञ्चालित सञ्चार माध्यम आनाडोलुले जानकारी दिएको छ ।

प्रहरीले केही रकम, नक्कली कागजात र डिजिटल सामग्री पनि बरामद गरेको आनाडालुले जनाएको छ । मध्य प्रान्त एस्किसेरमा गरेको छुट्टै अनुसन्धानमा सेनामा घुसपैठ गरेको आरोपमा अन्य १० जना संदिग्ध व्यक्तिहरुलाई पक्राउ गरिएको बताइएको छ ।

सन् २०१६ को जुलाई भएको असफल सैनिक कूको अमेरिकामा शरणमा बस्दै आएका टर्कीज धर्मगुरु फेतेउल्लाह गुलेनलाई टर्की सरकारले दोषारोपाण गर्दै आएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *