केन विलियम्सनको दोहोरो शतक

प्रज्जवल थापा । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले वेस्ट इन्डिजविरुद्ध भईरहेको पहिलो टेस्टमा दोहोरो शतक पूरा गरेको छन् ।

हामिल्टनमा भईरहेको टेस्टको पहिलो इनिङ्समा विलियम्सनले दोहोरो शतक पूरा गरेका हुन् । खेलको दोस्रो दिनमा दोहोरो शतक पूरा गर्ने क्रममा विलियम्सनले ४१२ बलमा ३४ चौका र २ छक्काको मद्दतमा २५१ रन बनाएका हुन् । केनको यो तेस्रो दोहोरो शतक हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले १४५ ओभरमा ७ विकेट गुमाउँदै ५१९ रन बनाएर इनिङ्स सकिएको घोषणा गरेको हो । विलियम्सनले दोहोरो शतक पूरा गर्दा टोम लाथम र क्यल जमिन्सनले अर्धशतक पूरा गरे । वेस्ट इन्डिजको लागि केमार रोच र शन्नोन गाब्रियलले ३/३ विकेट लिँदा एल्जारी जोसेपले एक विकेट लिए ।

हाल वेस्ट इन्डिज पहिलो इनिङ्स शुरुवात गर्दै ४ ओभरमा ५ रन बनाएर खेलिरहेको छ । इन्डिजका जोन काम्पबेल १ र क्रैग ३ रन बनाएर क्रिजमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *