रुसमा सर्वसाधारणलाई कोभिडविरुद्धको खोप लगाउन शुरु गर्न राष्ट्रपति पुटिनको निर्देशन

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले कोभिड १९ विरुद्धको खोप ठूलो संख्यामा आमसर्वसाधारणलाई लगाउन शुरु गर्न निर्देशन दिएका छन् । रुस विश्वमै कोरोना खोप ठूलो संख्यामा वितरण गर्ने विश्वकै पहिलो मुलुक बन्ने दौडमा रहेको छ ।

बेलायतले फाइजर तथा बायोएनटेकलाई बेलायतमा कोरोना विरुद्धको खोप लगाउन अनुमति दिए लगत्तै रुसी राष्ट्रपति पुटिनले भिडियो कन्फ्रेन्समार्फत् अधिकारीहरुलाई आम रुसमा खोप कार्यक्रम संचालन गर्न निर्देशन दिएका हुन् ।

बेलायतले हिजो मात्रै कोरोना विरुद्धको खोप आकस्मिक प्रयोगका लागि आगामी हप्ताबाटै फाइजर र उसको साझेदार बायोएनटेकलाई अनुमति दिएको हो ।

रुसमा हालसम्म कोरोना भाइरसका कारण २३ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ४१ हजार बढी छ । रुसी राष्ट्रपति पुटिनले रुसले बनाएको कोरोना विरुद्धको खोप स्पुतनिक-५ ले कोभिड-१९ को संक्रमण रोक्न सहयोग गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *