लुम्बिनी मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

  • 1
    Share

पाल्पा । पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको छ । कलेजमा उपचाररत पाल्पाका एक र स्याङ्जाका एक पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

पाल्पाको बगनासकाली गाउँपालिका–१, चिर्तुङधाराका ३८ वर्षीय पुरुषको बिहान ४ बजे र स्याङ्जाको गल्याङ नगरपालिका–४, का ३९ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको कलेजले जनाएको छ ।

पाल्पा बगनासकालीका पुरुषलाई मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । १४ गते अस्पताल भर्ना भएर उनको उपचार भइरहेको थियो । स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना भएका गल्याङ्का पुरुषलाई भने मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *