सभा, जुलुस र प्रदर्शन नगर्न जिल्ला प्रशासन कार्यालयको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै काठमाडौंमा सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । प्रशासनले मंगलबार विज्ञप्ति जारी गरी संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

काठमाडौँमा विभिन्न माग राखी राजनैतिक तथा अन्य भीडभाडजन्य गतिविधि बढिरहेको भन्दै प्रशासनले त्यस्ता गतिविधि नगर्न सूचना जारी गरेको हो । भीडभाडजन्य गतिविभि सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन स्थानीय प्रशासन ऐन–२०२८, र संक्रामक रोग ऐन २०२० विपरीत हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *