USAID

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि


काठमाडौं । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ सोमबार प्रतितोला ९० हजारमा कारोवार भएको छापावाला सुन आज ५०० रुपैयाँले वृद्धि भई ९० हजार ५०० रुपैयाँ पुगेको छ ।

त्यसैगरी सोमबार प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने ९० हजार ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन पनि प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो ।

यस्तै चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोवार भएको छ । सोमबार प्रतितोला एक हजार १२० रुपैयाँमा कारोवार भएको चाँदी आज भने तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *