युनाइटेडको पुनरागमन जितमा काभानी नायक

प्रज्जवल थापा । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका एडिन्सोन काभानी नायक भएको खेलमा म्यान्चेस्टर युनाइटेडले पछि परेको स्थिति उल्टाउदै जित निकालेको छ । प्रिमियर किग अन्तर्गत आइतबार बेलुकी भएको खेलमा युनाइटेडले साउथह्याम्प्टनलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा साउथह्याम्प्टनले पहिलो हाफमै दुई गोलको अग्रता लिएको थियो । २३ औँ मिनेटमा जेम्स वार्ड प्रोव्सेको पासमा जान बेड्नारेक गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडी बढाएका थिए । ३३ औँ मिनेटमा वार्ड प्रोव्सेले फ्रि किकमा उत्कृष्ट गोल गर्दै साउथह्याम्प्टनको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा दुई गोलले पछि परेको युनाइटेडले दोस्रो हाफको शुरुवातमै ग्रिनवुडको स्थानमा एडिन्सन काभानीलाई मैदान पठाएको थियो । उनले दुई गोल र एक एसिस्ट प्रदान गरे । ५९ औँ मिनेटमा काभानीको पासमा ब्रुनो फेर्नान्डेजले गोल गर्दै युनाइटेडलाई २-१ गोलको स्थितिमा ल्याए । ७४ औँ मिनेटमा काभानिले हेडिङ गोल गर्दै युनाईटेडलाई बराबरीमा ल्याएका थिए ।

अतिरिक्त समयको तेस्रो मिनेटमा मार्कुस रासफोर्डको पासमा एडिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई स्पष्ट ३ अङ्क दिलाए । जितसँगै युनाइटेड ९ खेलमा १६ अङ्क जोड्दै आठौँ स्थानमा उक्लिएको छ । साउथह्याम्प्टन १० खेलमा १७ अङ्क जोड्दै पाँचौ स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *