महासङ्घका नवनिर्वाचित पदाधिकारीद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित नेतृत्वले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् । महासङ्घको कार्यालय टेकुमा आयोजित समारोहमा अध्यक्ष राणाले नवनिर्वाचित अध्यक्ष शेखर गोल्छालाई शपथ खुवाइन् ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । आजदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका अध्यक्ष गोल्छाले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित अन्य पदाधिकारी एवं सदस्यलाई शपथ गराएका हुन् ।

महासङ्घको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले सबै निर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका थिए । महासङ्घको नयाँ कार्यसमितिका लागि शनिबार भएको निर्वाचनको मतपरिणाम आइतबार बिहान सार्वजनिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *