दक्षिण कोरियामा कोरोना संक्रमतिको संख्या ३३ हजार ८२४ पुग्यो

दक्षिण कोरियामा गत २४ घण्टामा थप ४५० जनामा कोभिड १९ को संक्रमण देखिएपछि यहाँ कोरोना भाइरस कुल संक्रमितको संख्या ३३ हजार ९२४ पुगेको छ । हालसम्म भएका कुल संक्रमित मध्ये २७ हजार ५४२ जना कोरोना मुक्त भएका पनि यहाँको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

दक्षिण कोरियामा आन्तरिक रुपमा कोरोना संक्रमण हुनु भन्दा पनि बाहिरी देशबाट आएका व्यक्तिहरुमा भएको संक्रमणका कारण देशभित्रका व्यक्तिहरुलाई सरेको जानकारी दिइदै आएको छ ।

दक्षिण कोरियामा कोरोना शुरु भएयता हालसम्म यस संक्रमणको कारण ५२३ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणको कारण विश्वमा छ करोड २५ लाख ८६ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

गत वर्षको डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस कोरोना संक्रमणको कारण विश्वमा १४ लाख ५८ हजारको मृत्यु भइसकेको छ । संक्रमण भएका मध्ये ४ करोड ३१ लाख ९८ हजार भन्दा बढी व्यक्ति कोरोना मुक्त भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *