विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख ५८ हजार नाघ्यो

गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वमा १४ लाख ५८ हजार ११२ जनाको मृत्यु भएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना संक्रमण पछिल्लो समय विश्वमा महामारीको रुपमा फैलिएको छ । हालसम्म विश्वमा ६ करोड २५ लाख ६४ हजार ३ सय ४९ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये चार करोड ३१ लाख ८८ हजार ७ सय ५ जना कोरोनामुक्त भएका हुन् ।

यस्तै, हाल विश्वमा एक करोड ७९ लाख १७ हजारभन्दा बढी सक्रिय संक्रमित छन् भने १ लाख ५ हजार बढीको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म १ करोड ३६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८० लाख ४१ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ७२ हजार दुई सय ५४ जना संक्रमितको मृत्यु भइसकेको छ ।

त्यसैगरी, छिमेकी मुलुक भारतमा हालसम्म ९३ लाख ९० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८७ लाख ९९ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३६ हजार सात सय पाँच पुगेको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६२ लाख ९० हजार २७२ पुगेको छ भने १ लाख ७२ हजार ६३७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५६ लाख ६२ हजार भन्दा बढी निको भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *