सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडौं । बुधबार पनि सुनको भाउ ओरालो लागेको छ । कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तर्राष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ ।

प्रभावस्वरुप नेपाली बजारमा समेत पहेंलो धातुको भाउमा ह्रास आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला एक हजारले घटेको छ । महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोवार भएको छ । मङ्गलबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज एक हजारले घटेको हो ।

यस्तै मङ्गलबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला एक हजारले ओरालो लागेर ९१ हजार रुपैयाँमा कारोवार भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ । मङ्गलबार प्रतितोला एक हजार १८० मा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोवार भएको छ । केही समय पहिले सुुनको भाउ प्रतितोला एक लाख दुई हजार रुपैयाँसम्म पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *