कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी निरीक्षक नविन बुढाथोकीको मृत्यु भएको छ । २७ असोजमा संक्रमण पुष्टि भएपछि बुढाथोकीको भेन्टिलेटरमा राखेर विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार राति सवा ११ बजे मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले जानकारी दिएका छन् ।

तेह्रथुमको म्याग्लुङ नगरपालिका–१ घर भएका बुढाथोकी सशस्त्र प्रहरीमा २०६८ सालमा सेवा प्रवेश गरेका थिए । हाल उनको दरबन्दी सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा थियो । हालसम्म सशस्त्र प्रहरीका तीनजना कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *