- 4Shares
प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत ‘गर या मर’ को स्थितिमा आज पेरिस सेन्ट जर्मन (पिएसजी) ले जर्मन क्लब लिपजिगको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राती १:४५ बजे शुरु हुनेछ ।
घरेलु मैदानमा हुने खेल हारेको खण्डमा पिएसजी प्रतियोगिताबाट बाहिरिन सक्नेछ । फ्रेन्स च्याम्पियनले प्रतियोगिताको ३ खेलमा २ हार र १ जित निकाल्दै मात्र ३ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ । घरेलु लिगको पछिल्लो खेलमा मनाकोसँग पराजित भएको पिएसजी विजयी बाटोमा फर्किन चाहन्छ ।
दुई टोली बिच भएको पछिल्लो ३ भेटमा पिएसजीले एक खेल जित्दा लिपजिगले दुई खेल जितेको छ । यस्तै समुहको अर्को खेलमा शिर्ष स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले इस्तान्बुलको सामना गर्दै छ ।
- 4Shares