गलत टिकटले एक लाख डलर जितायो

चेस्टरफिल्ड । स्क्राच लटरी टिकट मार्फत एकलाख डलर जित्ने अमेरिकाको मिसौरीका एक महिलाले टिकट बिक्रेताले थम्याइदिएको गलत टिकटकै कारण आफू भाग्यशाली बन्न सफल भएको बताएकी छन् ।
चेस्टरफिल्ड निवासी पेइज नेल्सनले त्यहींकै सेभेन– इलेभन स्टोरमा जाने क्रममा आफ्नो ब्रेक दि बैंक – अफ टिकट खरिद गर्ने विचारै नभएको मिसौरी लटरी अधिकारीहरुलाई बताएकीछन् ।
नेल्सन भन्छिन, त्यहाँको कर्मचारीले मैले मागेको भन्दा अर्कै लटरी टिकट दिए । तर मैले खुरुक्क पैसा तिरेर त्यहि टिकट लिएँ । मलाई लाख डलरको पुरस्कार परेको सुन्दा विश्वासै लागेन । म त चिच्याउँदै उफ्रेको उफ्रिएकै थिएँ । ’
मिसौरी लटरीले ब्रेक दि बैंकको अरु दुईवटा ठूलो धनरासिको पुरुस्कार नतिजा घोषणा हुन बाँकी रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *