पाकिस्तानमा कोरोनाको दोस्रो लहर सुरु भएकाले सावधानी अपनाउन प्रधानमन्त्री खानको आग्रह

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहरसँगै महामारीबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

उनले सरकारी अधिकारी, पाकिस्तानी जनता र विपक्षी दलहरूलाई पनि महामारीबाट बच्न सामाजिक दूरी कायम गर्ने र सङ्क्रामक रोगबाट अपनाउनुपर्ने अन्य स्वास्थ्यका उपायलाई पालना गर्न आग्रह गरेका छन् ।

सरकारी तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई हजार ६६५ रहेको छ भने ५९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित सात हजार ६६२ पुगेको छ भने अझै ३६ हजार ६८३ व्यक्तिले देशभरका विभिन्न अस्पतालमा उपचार गरिरहेका छन् ।

पाकिस्तानमा अहिलेसम्म कूल तीन लाख ७४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । प्रधानमन्त्री खानले आफूले सामान्य अवस्थामा पुनः लकडाउन गर्न नचाहेको भन्दै लकडाउनले देशको सुधारउन्मुख रहेको अर्थतन्त्रलाई पुनः प्रभावित बनाउने बताए । यसअघि उनले विपक्षी दलहरूलाई विरोधका लागि ठूला सभा र प्रदर्शन गर्दा सङ्क्रमण फैलिने चेतावनी दिँदै विरोधको उक्त शैलीलाई रोक्नसमेत आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *