गायक शिवराजले ल्याए‘मुना’

गायक शिवराज जङ्गमको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ । घरायसी तथा व्यावहारिक समस्याले बाध्यतावश वैदेशिक रोजगारीका लागि विदेशिनुपर्दा आफ्ना श्रीमती तथा परिवारलाई सम्झाइबुझाइ गरी मनमा पीडा बोकेर हिँड्नुपरेको कथाव्यथा समेटेर भिडियो तयार पारिएको निर्देशक नवीन भट्टले बताए ।

गायक जङ्गमकैै रचना तथा सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन मञ्जिलविक्रम केसीले गरेका छन् । भिडियोमा सन्दीप श्रेष्ठ र अनु थापा मगरको अभिनय छ । गीतको छायाङ्कन ज्ञान चौलागाईंँले तथा भिडियो निर्देशन र सम्पादन नवीन भट्टले गरेका छन् । गीत फोरक्युब इन्टरटेन्मेन्टबाट निर्माण गरिएको हो । गीतको भिडियो डिएआर मुभीको अधिकृत युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *