मैले एकतालाई जोड दिएको छु, पार्टी कुनै हालतमा फुट्दैनः उपाध्यक्ष गौतम

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिबार आयोजित भेटघाटमा उपाध्यक्ष गौतमले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए । “म कुनै गुटमा छैन, म सधैं गुटको विपक्षमा हुन्छु”, उनले भने, “ मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।”

पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको उनको भनाइ छ । उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताए ।

उनले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने बताए । उपाध्यक्ष गौतमले मुलुक समृद्धिका मार्गमा अघि बढेको र सरकारले घोषण पत्रअनुसार काम गर्नुपर्नेसमेत बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *