पाँच प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लागेको छ, बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, आइतबार दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा कोसी र वाग्मती प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको पूर्वानुमान छ ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भाग तथा बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *