जोर्जिआमा भएको पुनः मतगणनामा पनि बाइडन नै विजयी

  • 3
    Shares

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडन जोर्जिआ राज्यमा भएको पुनः मतगणनामा पनि विजयी भएका छन् । योसँगै राष्ट्रपति डोनल्ड ट्रम्पको कानुनी चुनौती तीन राज्यमा समाप्त भएको छ । जोर्जिआमा बाइडनले ट्रम्पलाई १२,२८४ मतले हराएका हुन् । बाइडनले ट्रम्पले नजित्ने कुरामा आफू ढुक्क भएको र राष्ट्रपतिले ’अतुलनीय गैरजिम्मेवारीपन’ देखाएको बताए ।

नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा बाइडनले ५९ लाखभन्दा बढी मत प्राप्त गरेका छन् र उनले ३०६ देखि ३२२ इलेक्टलर कलेज मत जित्ने अनुमान गरिएको छ । जोर्जिआका मन्त्री ब्राड राफेनस्पेर्गरले हातैले गरिएको पुनः मतगणनाले नतिजा परिवर्तन नगरेको बताए ।

पुनः मतगणनामा कुनै पनि काउन्टीमा मतगणनामा गल्ती ०.७३ प्रतिशतभन्दा बढी नरहेको र बाइडनले कुल मतमा ट्रम्पलाई ०.५ प्रतिशतभन्दा कम मतले हराएको नतिजाको पुनर्पुष्टि भएको छ ।

जोर्जिआमा रिपब्लिकनका तर्फबाट मतदान प्रणालीमा प्रतिनिधित्व गरेकी ग्राबियल स्टेरलिङले सीएनएनसँग कुरा गर्दै जोर्जिआमा मतदान मेशिनले कुनै गडबड नगरेको प्रमाणित भएको बताइन् ।

उनले ६ हजार गणना नभएको मत पाइएको जुन गणना गर्दा मतान्तर कम भएको बताउँदै ती मानवीय त्रुटिका कारण नगनिएका बताइन् । फ्लोयड काउन्टीले निर्वाचन प्रबन्धकलाई ती मतगणना नभएका विषयका कारण बर्खास्त गरेको छ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *