भारतको उत्तर प्रदेशमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु

भारतको उत्तरप्रदेशमा भएको सवारी दुर्घटनामा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ । विवाह समारोहमा सहभागी भएर फर्किन लागेको जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा चालककोसमेत मृत्यु भएको छ । चालक निदाएर दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा चालकको समेत मृत्यु भएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उद्धार तथा उपचारमा हरसम्भव मद्दत गर्न निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *