अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा पक्राउ

सिरहा । २२ वर्षीया महिलालाई करणी गरी अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर चारका २० वर्षीय अजय महरालाई प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई सोही नगरपालिका ४ बस्ने २३ वर्षीय जितन रामले करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो ।

हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *