जोभिकको दुई गोलमा सर्बियाको फराकिलो जित

  • 100
    Shares

प्रज्जवल थापा । लुका जोबिकले दुई गोल गरेपछि सर्बियाले युईएफए नेसन्स लिगमा फराकिलो जित निकालेको छ । बुधबार राती भएको खेलमा सर्बियाले रसियालाई ५-० गोलले हराएको हो ।

स्टेडिओन राज्को मिटिकमा भएको खेलमा सर्बियालाई जित दिलाउन लुका जोभिकले दुई,फिलिप म्लाडेनोभिक, नेमान्जा रान्डोन्जिक र डुसान भ्लाहोभिकले एक-एक गोल गरे । खेलको दसौँ मिनेटमा नेमान्जा रान्डोन्जिकले गोल गर्दै सर्बियालालाई खेलमा अगाडी बढाएका थिए । २५ औँ मिनेटमा फिलिप म्लाडेनोभिकको पासमा लुका जोभिकले गोल गर्दै सर्बियाको अग्रता दोब्बर बनाए ।

४१ औँ मिनेटमा लुका जोभिकको पासमा डुसान भ्लाहोभिकले गोल गर्दै घरेलु टोलीलाई फराकिलो जिततर्फ अग्रसर गराए । पहिलो हाफको अतिरिक्त समयमा फिलिप म्लाडेनोभिकको पासमा लुका जोभिकले गोल गर्दै सर्बियालाई ४-० गोलको अग्रता दिलाए । रियल म्याड्रिडबाट खेल्ने समय कम पाएका जोभिकको लागि भने यो ब्रेक भने सम्झनालायक बन्यो । उनले यस अन्तराष्ट्रिय ब्रेकमा ३ खेलमा ३ गोल गर्दै २ एसिस्ट उपलब्ध गराए ।

६४ औँ मिनेटमा डुसान भ्लाहोभिकको पासमा फिलिप म्लाडेनोभिकले गोल गर्दै सर्बियालाई ५-० गोलको अग्रता दिलाए । थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि सर्बिया विजयी भएको हो । जितसँगै सर्बिया ६ खेलमा ६ अङ्क जोड्दै समुहको तेस्रो स्थानमा रहेको लिगको अन्त्य गरेको छ ।


  • 100
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *