सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग बास खेल्ने

  • 50
    Shares

प्रज्जवल थापा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियाको चर्तित बिग बास लिग (बिबिएल) होबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन् ।

हुरिकेन्सले बिहिबार बिहान सामाजिक सञ्जाल मार्फत सन्दीप लामिछानेलाई अनुबन्धित गरेको जनाएको हो । सम्झौता रकम भने खुलाईएको छैन । यसअघिको दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दिपको सझौता सकिएपछि नयाँ टोलीको खोजीमा थिए । यसैक्रममा होबर्टले विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको हो ।

बिगबासमा सन्दीपले २० खेल खेल्दै २६ विकेट लिइसकेका छन् । अघिल्लो संस्करणमा मेलबर्न स्टार्सलाई फाईनल पुर्याउन महत्त्वपूर्ण भुमिका खेलेका सन्दिपले १३ खेलमा १५ विकेट लिएका थिए । बिग बास डिसेम्बर १० बाट अस्ट्रेलियामा शुरु हुँदै छ । सन्दीपले बिग बासको सुरुवाती खेल भने गुमाउने छन् । अस्ट्रेलिया सरकारको कोरोना नियम अनुसार विदेशबाट आउने व्यक्ति दुई हप्ता क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने हुन्छ ।

होबार्ट हुरिकेन्सले सिड्नी सिक्सर्ससँग खेल्दै बिबिएल सुरुवात गर्नेछ ।


  • 50
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *