पेरुको राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त

दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन् । पेरुका राजनीतिज्ञ समेत रहेका सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । गत नोभेम्बर ९ मा पेरुको संसदले पूर्व राष्ट्रपति मार्टिन भिजकारालाई महाभियोग लगाएर पदबाट बर्खास्त गरेको थियो ।

त्यसपछि अन्तरिम राष्ट्रपतिका रुपमा नियुक्त भएका मानुएल मेरिनोको सरकार विरुद्ध पनि जनताले प्रदर्शन गरेपछि उनले गत नोभेम्बर १५ मा राजीनामा दिएका थिए । मेरिनाको सरकार विरुद्ध भएको उक्त प्रदर्शनका क्रममा दुई जना प्रदर्शनकारीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका थिए ।

राष्ट्रपति पदको सपथ लिँदै सागास्तीले लोकतन्त्रको रक्षाका लागि भएका प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन् । उनले प्रदर्शनका क्रममा बेपत्ता भएका भनिएका व्यक्तिको खोजीका लागि सम्पूर्ण संयन्त्र परिचालन गर्ने बचनबद्धता प्रकट गरेका छन् ।

राष्ट्रपति सागास्तीले पछिल्लो पटक भएको जनप्रदर्शन कोभिड–१९ विरुद्धको संघर्षका साथै आगामी सन् २०२१ को अप्रिल ११ मा हुने राष्ट्रपति निर्वाचनको तयारी पनि रहेको बताए । सागास्तीको अन्तरिम सरकारले आगामी वर्ष अप्रिलमा राष्ट्रपतिको निर्वाचन गराउनुपर्ने मुख्य जिम्मेवारी पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *