नेकपाको सचिवालय बैठककै समयमा प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो १ बजे पार्टीको सचिवालय बैठक बोलाइएको समयमा मन्त्रिपरिषद बैठक बोलाइएको हो । आजको बैठक नियमित भनिए पनि अध्यादेशका सम्बन्धमा छलफल हुन सक्नेछ अनुमान गरिएको छ । कतिपय नेताहरुले दल विभाजन सम्बन्धी अध्यादेश फेरि पनि ल्याउन सक्ने आँकलन गरेका छन् ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्तावमाथि आज छलफल गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गरिरहेका थिए ।

बैठक सार्ने विषयलाई लिएर मंगलबार नेताहरुबीच दौडधुप चलेको थियो । नेकपाभित्र विवाद चुलिँदै गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता पनि बढेको छ ।

शनिबार राष्ट्रपतिले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेकी थिइन् । त्यस्तै मंगलबार राति नै नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्री ओलीसँग पनि भेट गरेकी छन् । रातदूत यान्छीसँगको भेटलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *