जर्मनीको पोस्टमा स्पेनको आधा दर्जन गोल

प्रज्जवल थापा । युईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्पेनले जर्मनीमाथी फराकिलो जित निकालेको छ । मंगलबार राती भएको खेलमा स्पेनले जर्मनीलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

इस्टेडियो ओलम्पिको डि सेभिल्लामा भएको खेलमा स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक पूरा गर्दा मिकेल ओयाराज्बाल, अल्भारो मोराटा र रोड्रीले एक-एक गोल गरे । खेलको १७ औँ मिनेटमा फाबियनको पासमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा डानियल ओल्मोको पासमा फेरान टोरेसले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

३८ औँ मिनेटमा फाबियनको पासमा रोड्रीले गोल गर्दा स्पेन फराकिलो जित तर्फ अग्रसर भएको थियो । ५५ औँ मिनेटमा जोसे गयाको पासमा फेरान टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४-० गोलको अग्रता दिलाए । ७१ औँ मिनेटमा फाबियनको पासमा फेरान टोरेसले गोल गर्दै ह्याट्रिक पूरा गरे । ८९ औँ मिनेटमा जोसे गयाको पासमा मिकेल ओयाराज्बालले गोल गर्दै स्पेनलाई ६-० गोलको फराकिलो जित दिलाए ।

जितसँगै स्पेनले अन्तिम चरणको टिकट काटेको छ । स्पेन ६ खेलमा ११ अङ्क जोड्दै शिर्ष स्थानमा रहेर समूह चरणको अनत्य गर्दा जर्मनी ६ खेलमा ९ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *